काठमाडौँ
बुधबार ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा निधन भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सात जनाकै शवको पोस्टमार्टम सकिएको छ । त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानका फरेन्सि मेडिसिन विभागका निमित्त विभागिय प्रमुख डा रिजेन श्रेष्ठका अनुसार बिहीबार राति सवा १ बजे सातैवटा शवको पहिचान भएको हो ।
पोस्टमार्टम सकिएकाले शुक्रबार (आज) बिहान परिवारलाई शव बुझाउने तयारी गरिएको डा श्रेष्ठले जानकारी दिए । बिहीबार दिउँसो शवको पोस्टमार्टम नसकिँदा टुँडिखेलमा हुने भनिएको श्रद्धाञ्जली कार्यक्रम स्थगित भएको थियो । हिजो तीन बजेपछि हुने भनिएको श्रद्धाञ्जली कार्यक्रम आज बिहान आठ बजेका लागि सारिएको छ ।
सरकारले बुधबार ताप्लेजुङमा हेलिकोप्टर दुर्घटना हुँदा निधन भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सातै शव श्रद्धाञ्जलीका लागि टुँडिखेलमा तयारी पूरा गरेको थियो । श्रद्धाञ्जली दिन राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली लगायत उच्चपदस्थ व्यक्तित्व, राजनीतिक दलका नेता पुग्ने तयारी थियो भने आम सर्वसाधारणको भिड टुँडिखेलमा बढेको थियो । सो कार्यक्रम आज हुने बताइएको छ । मन्त्री अधिकारीको अन्तिम संस्कारका लागि शव आजै पोखरा लगिने पनि जानकारी गराइएको छ ।





























प्रतिक्रिया