काठमाडौँ
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आफ्ना पार्टीका नेता तथा पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधनप्रति फागुन २३ गते धुम्बाराहीमा श्रद्धाञ्जली कार्यक्रम आयोजना गर्ने भएको छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकमा मन्त्री अधिकारीसहित मृतकको शोकमा एक मिनेट मौन धारणसहित शोक प्रस्ताव पारित गरेको थियो । यस्तै नेकपाले देशैभरको पार्टी कार्यालयमा पार्टीको झण्डा झुकाउने र तीन दिनसम्म शोक पुस्तिका राख्ने निर्णयसमेत गरेको छ । ताप्लेजुङमा बुधबार भएको हेलिकप्टर दुर्घटनामा मन्त्री अधिकारीसहित सात जनाको ज्यान गएको थियो ।
नागरिकबाट































प्रतिक्रिया