मन्त्री अधिकारीसहितको शव लिएर हेलिकोप्टर काठमाडौं उड्यो

मन्त्री अधिकारीसहितको शव लिएर हेलिकोप्टर काठमाडौं उड्यो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन रवीन्द्र अधिकारीसहितको शव बोकेको नेपाली सेनाको हेलिकोप्टर काठमाडौंको लागि उडेको छ ।

भारी हिमपातका कारण उड्न नसकेको हेलिकोप्टर मौसममा सुधार आएसँगै काठमाडौंको लागि उडेको ताप्लेजुङ प्रहरी प्रमुख डिएस्पी संजयसिंह थापाले जानकारी दिए ।

ताप्लेजुङको सिस्नेभरिमा हेलिकप्टर दुर्घटनामा परि निधन भएका मन्त्री अधिकारीसहित सातैजनाको शव काठमाडौँ पठाइएको हो । बुधबार सिस्नेभीरमा हेलिकप्टर दुर्घटना हुँदा निधन भएका मन्त्री अधिकारीसहित चारजनाको शव बुधबार बेलुका नै नेपाली सेनासहितको उद्धार टोलीले सुकेटार विमानस्थल ल्याएको थियो ।

बाँकी तीनजनाको शव बिहीबार बिहान विमानस्थल ल्याएपछि केही घण्टा मौसम खराब भएका कारण हेलिकप्टर उड्न सकेको थिए । तर अहिले मौसम खुलेपछि शव हेलिकप्टर राखेर काठामाडौँ पठाइएको डिएसपी थापाको भनाई छ ।

तस्वीरः नारायण ढुंगाना, रासस

Logo