हेलिकोप्टर दुर्घटनामा काभ्रेले पनि गुमायो इमान्दार राष्ट्रसेवक

हेलिकोप्टर दुर्घटनामा काभ्रेले पनि गुमायो इमान्दार राष्ट्रसेवक

केन्द्रबिन्दु
0
Shares

काभ्रे । ताप्लेजुङमा बुधबार भएको हेलिकोप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको निधन हुने मध्येमा बनेपाका ध्रुर्व भोक्षिभोयाका बाबु आमालाई मध्यरातसम्म जानकारी दिईएको छैन ।

ध्रुवका ८५ बर्षिय बाबु गोकुलदास भोक्षिभोया र ८४ बर्षिया आमा रामकुमारी भोक्षिभोया दुबैलाई जानकारी दिएका छैनौं’–छिमेकी मनिष भोक्षिभोयाले भने– ‘उहाँहरु दुबै मुटुको विरामी भएकाले तत्काल खबर नगरेका हौं । हेलिकप्टर हराईरहेको मात्रै बताएका छौं । ’

उहाँहरुलाई बाहिरी मान्छे भेट गर्न दिईएको छैन । नागरिक उड्डयन प्राधिकरणका निर्देशक समेत रहेका बनेपा स्थायी घर भएका ध्रुव भोक्षिभोया असाध्यै मिलनसार र उत्कृष्ट विद्यार्थी भएको सहपाठी रविन्द्रप्रसाद भैलले बताए । दुर्घटनाको खबर सुन्ने वितिक्कै ध्रुर्वका सहपाठीहरु रविन्द्रप्रसाद भैल, हरिश्चन्द्र पलाञ्चोके, बोधनाथ तौजले लगायत बागबजारमा रहेको घरमा पुगेर श्रीमती यमुना भोक्षिभोयालाई समवेदना ब्यक्त गरेर फर्किएका थिए ।

आजाद माध्यमिक विद्यालय बनेपाबाट २०३४ सालमा एसएलसी उर्तिण गरेका भोक्षिभोया नागरिक उड्डयन प्राधिकरणका १० औं तहका कर्मचारी हुन् । २०१९ सालमा जन्मिएका उनी एक्ला छोरा हुन् । दुई दिदी पछि जन्मिएका ध्रुव सानै देखि तिष्ण स्वभावको रहेका उनका सहपाठी रविन्द्रप्रसाद भैलले बताए ।

ध्रुवका तीन छोरी मध्ये दुई छोरी मनिषा र अनिषा डाक्टर छन् । अर्की छोरी वर्षा अध्ययन गर्दै छिन् भने एक छोरा धिरज इन्जिनियर छन् । इन्जिनियर ध्रुर्वले देशका विभिन्न स्थानमा रहेका एयरपोर्टहरुको डिजाईन इस्टमेट तयार गर्ने कार्यमा सक्रिय भएका थिए ।

बनेपाको नागिडाँडामा एयरपोर्ट बनाउने अभियानमा ध्रुवको सकारात्मक अभियान थियो । बनेपा र आसपासको क्षेत्रमा सामाजिक कार्यमा संलग्न रहँदै आएका ध्रुवको निधनले बनेपा र सिङ्गो काभ्रेलाई क्षति पुगेको नेपाल उद्योग बाणिज्य महासघंका केन्द्रिय सदस्य तथा बनेपाका स्थानीय सुरकृष्ण बैद्यले बताए ।
नेपाल समाचारपत्रबाट

Logo