काठमाडौं । बुधबार नेपालमा एउटा ठूलो हवाई दुर्घटना भयो । पर्यटनमन्त्री रबिन्द्र अधिकारीसहित ७ जनाले हेलिकोप्टर दुर्घटनामा परेर ज्यान गुमाए । ताप्लेजुङको पाथिभरा मन्दिर नजिकै लिङ्खिमको खाल्टेभिरमा हेलिकप्टर दुर्घटनामा ७ जनाले ज्यान गुमाए । यो लामो समयपछिको सबैभन्दा हाईप्रोफाइल हवाई दुर्घटना हो ।
हेलिकप्टर क्याप्टेन प्रभाकर केसीले उडाएका थिए । उनले सुकेटार टावरलाई ‘हेभ्भी स्नोफल’ भएको बताएका थिए । एयर डाइनेष्टीको (अल्फा माइक इन्डिया) हेलिकप्टर दुर्घटना हेभ्भी स्नोफल हुँदा दुर्घटनाग्रस्त भएको थियो । क्याप्टेन केसी सन् १९९२ देखि एयर डाइनेष्टीको हेलिकोप्टर चलाउँदैं आएका थिए ।

अविवाहित क्याप्टेन केसीले सुकेटावर विमानस्थल टावरलाई ११ः४५ बजे आफु पाथिभरा क्षेत्रमा रहेको जानकारी गराएका थिए । करिब १ घण्टा त्यो क्षेत्रमा रहेका क्याप्टेन केसीले सुकेटावरलाई भारी मात्रामा हिउँ परिरहेको र उडान गर्न समस्या भईरहेको जानकारी गराएका थिए ।

‘यता मौसम खराब छ । हिउँ परिरहेको छ । म हेलिकोप्टर उडाउन सक्दिन्’ भन्ने वाक्य क्याप्टेन केसीको अन्तिम बोली बन्यो । यति भनिसकेपछि उक्त हेलिकोप्टर सम्पर्क विहिन भन्यो । र अन्ततः पर्यटनमन्त्री अधिकारी, यति एयरलायन्सका अध्यक्ष आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक विरेन्द्रप्रसाद श्रेष्ठ, मन्त्री अधिकारीका पिएओ अर्जुनकुमार घिमिरे, प्रधानमन्त्री कार्यालयका सल्लाहकार युवराज दाहाल, नेपाल नागरिक उड्डयन प्राधिकरणका ईन्जिनियर धुब्रदास भोछिभयासँगै पाईलट केसीले पनि यो संसारबाट बिदा लिए ।
फोटो सेसनका सौकिन पाईलट केसीः

सन् १९९२ देखि एयर डाइनेष्टीको हेलिकोप्टर चलाउँदैं आएका क्याप्टेन केसी रमाईलो स्वभावका थिए । उनी घुमफिर तथा रमाईलो गर्न निकै मन पाउने खालका थिए । उनी विशेषगरी हिमालय क्षेत्रमा फ्लाईट गर्दै आएका थिए । जहाँ जहाँ उनी जाथ्ये त्यहाँको मनोरम दृश्य उनी कैद गर्न पछि पर्दैनथिए ।

यतिमात्र कहाँ होर उनी आफ्नो क्यामेरामा कैद गरेको रमाईला तस्बिरहरु सामाजिक सञ्जालमा पोष्ट गरिहाल्थ्ये । केसी नयाँ नयाँ पोजमा तस्बिर खिचाउन माहिर थिए । उनले फेब्रुअरी १५ मा क्याञ्जिङ टुरका क्रममा खिचिएका तस्बिर सामाजिक सञ्जालमा पोष्ट गरेका थिए । जुन उनको अन्तिम पोष्ट बन्न पुगेको छ ।
सबै तस्बिरः क्याप्टेन प्रभाकर केसीको फेसबुकबाट































प्रतिक्रिया