काठमाडौं । ताप्लेजुङको पाथीभरा मन्दिर नजिकै लिङ्खिमको खाल्टेभिरमा भएको हेलिकप्टर दुर्घटनास्थलमा ५ जनाको शव भेटिएको छ।
ठूलो फेदी स्वास्थ्य केन्द्रका इन्चार्ज उमानाथ पौडेलले दिएको जानकारी अनुसार घटनास्थलमा प्रहरी र स्थानीय पुगिसकेका छन्। त्यहा हेलिकप्टर र ५ जनाको शव जलिरहेको उनले जानकारी दिएका छन्। हेलिकप्टर क्याप्टेन प्रभाकर केसीले उडाएका थिए। उनले सुकेटार टावरलाई ‘हेभ्भी स्नोफल’ भएको बताएका थिए।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारसहित ६ जना सवार एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनामा परेको हो । तेह्रथुमको अठराई गाउँपालिकाको चुहानडाँडामा बनाउन लागिएको विमानस्थलको सम्भाव्यता अध्ययन गर्न मन्त्री अधिकारी त्यसतर्फ गएका थिए ।
दुर्घटनाग्रस्त हेलिकोप्टरमा हेलिकप्टरमा मन्त्री अधिकारी, यति एयरलाइन्सका मालिक आङछिरङ शेर्पा, वीरेन्द्रप्रसाद श्रेष्ठ, युवराज दाहाल र अर्जुनकुमार घिमिरे सवार थिए।
कल साइन एएमआई (अल्फा माइक इन्डिया) कल साइन भएको उक्त हेलिकप्टर हेलिकप्टर काठमाडौंबाट बिहान साढे ८ बजे उडेको थियो।





























प्रतिक्रिया