सप्तरी । सप्तरीमा ज्यूँदै आगो लगाएर एक बृद्ध दम्पतिको हत्या गरिएको छ । खड्ग नगरपालिका ५ खरचुहियाका ७० बर्षीय सबुरी साह र उनकी ६५ बर्षीया पत्नी बेचनी देवीलाई ज्यूँदै आगो लगाएर हत्या गरिएको हो । कपडामा छोपेर आगो लगाइएको अवस्थामा शव फेला परेको सप्तरी प्रहरीका प्रमुख एसपी राजेन्द्र विष्टले जानकारी दिए ।
मंगलबार बिहान दूध लिएर आउने व्यक्तिले साहको ढोको नखुलेको र घरको झ्यालबाट धुवाँ आइरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी घट्नास्थल पुगेर घरको ढोका तोडेर भित्र पस्दा जलेको अवस्थामा दुबैको शव फेला परेको हो ।
साह दम्पतिको हत्या कसले र किन गर्यो भन्ने नखुलेको र अनुसन्धान भईरहेको एसपी विष्टको भनाई छ । हत्यारा पत्ता लगाउन तालिम प्रााप्त कुकुरसहित टोली परिचालन गरिएको छ । घटना स्थलमा रगतको छिटा समेत भेटिएकाले कसैले हत्या गरेका हुनसक्ने अनुमान गरिएको छ ।





























प्रतिक्रिया