मंगलबार ५ मिनेटको फरकमा २ पटक भुकम्पको धक्का महशुस भएको छ।
दोलखामा दिउँसो सवा ४ बजे ४ दशमलब ४ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । त्यसको ५ मिनेटपछि पुन: ४ बजेर २० मिनेटमा सिन्धुपाल्चोक केन्द्र भएर ४ दशमलब १ रेक्टर स्केलको परकम्प गएको हो ।
केन्द्रले यी दुवै परकम्पन २०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको ७ दशमलब ८ रेक्टर स्केलको भूकम्पकै परकम्प भएको जनाएको छ ।
गोरखा भूकम्पपछि अहिलेसम्म ५१३ पटकसम्म परकम्प गएको छ ।





























प्रतिक्रिया