पाल्पा
जिल्लाको निस्दी गाउँपालिका–४, मित्यालमा हावा र सौर्य शक्तिबाट विद्युत उत्पादन गरिएको छ । गाउँपालिका केन्द्र रुक्से भन्ज्याङमा १ हजार २ सय वाट विद्युत उत्पादन गरिएको हो। वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको अध्ययनले निस्दीमा वायु ऊर्जाको प्रशस्त सम्भावना देखाएपछि थप २५ हजार वाट ( २५ किलोवाट) क्षमतामा विद्युत् उत्पादन कार्यलाई तीव्रता दिइएको छ ।
रुक्सेभन्ज्याङमा पीडा नेपालको प्राविधिक सहयोगमा कापेक संस्थाले हावाबाट विद्युत् निकाल्ने काम गरेको हो । यसका लागि तीन वर्षअघि काम सुरु भएको थियो । जसमा जर्मनीको विसिन्सले समेत सहयोग पु¥याएको छ ।
आठ लाख रुपैयाँ लगानीमा हावाबाट बिजुली निकालिएको हो । १ हजार २ सय वाट विद्यत मध्ये ६ सय वाट हावाबाट र ६ सय वाट सौर्य ऊर्जाबाट निकालिएको हो । यो योजना कम्तीमा पनि पाँच वर्षसम्म सञ्चालन हुनेछ । निस्दी गाउँपालिका–४, वडा कार्यालय र मित्याल स्वास्थ्यचौकीमा यो विद्युत् प्रयोग हुँदै आएको हेरालु बलिराम सुनारीले बताए ।
नागरिकबाट































प्रतिक्रिया