निर्वाचनमा सहयोग भारतद्वारा नेपालसँग अनुरोध

निर्वाचनमा सहयोग भारतद्वारा नेपालसँग अनुरोध

केन्द्रबिन्दु
0
Shares

भैरहवा

केही महिनापछि हुन लागेको लोकसभा निर्वाचनमा सहयोग गर्न भारतले नेपाललाई आग्रह गरेको छ । दुई देशका स्थानीय अधिकारीहरुबीच सीमावर्ती भारतीय सहर नौतनवास्थित एसएसबी ६६ औँ बटालियन हेडक्वार्टरमा बसेको काउन्टर पार्ट बैठकमा भारतले निर्वाचनलाई शान्तिपूर्ण गराउन सुरक्षा सहयोग मागेको हो ।

हालै कश्मीरको पुलावामामा भएको आत्मघाती आक्रमणपछि पाकिस्तानसँग विवाद चर्किरहेका बेला भारतलले नेपालसँग सहयोग माग गरेको हो । बैठकमा नियमित विवादका साथै खुल्ला सीमानाबाट निर्वाचन बिथोल्ने घुसपैठ हुन सक्ने भन्दै शंकास्पद व्यक्तिमाथि निगरानी गर्न आग्रह गरेको हो ।

बैठकमा नेपालले लोकसभा निर्वाचनका क्रममा सम्पूर्ण सहयोग गर्ने प्रतिवद्धता जनाएको छ । खुल्ला सिमानाको फाइदा उठाउँदै मदिरा विक्री, लागू औषध र अन्य तस्करीसहितका आपराधिक क्रियाकलाप नियन्त्रण गर्नमा दुवै देशका अधिकारीबीच समझदारी भएको रुपन्देहीका एसपी हृदय थापाले जानकारी दिए ।

गोरखपुरका आइजी जय नारायणले सिंहले बैठकमा शान्तिपूर्ण निर्वाचन गराउन नेपालले पूर्ण सहयोग प्रतिवद्धता जनाएको बताउँदै एसएसबी र प्रहरीले नाकामा संयुक्त गस्ती गर्न दुवै देशका अधिकारी सहमत भएको जानकरी दिए ।
अन्नपूर्णबाट

Skip This
Skip This
Logo