हुर्किइन् पुष्पा, अब जङ्गल पठाउने तयारी (भिडियाेसहित)

हुर्किइन् पुष्पा, अब जङ्गल पठाउने तयारी (भिडियाेसहित)

केन्द्रबिन्दु
0
Shares

चितवन।
चितवनको सौराहास्थित राष्ट्रिय प्राकृतिक संरक्षण कोषमा हुर्किएको गैंडाको बच्चालाई जंगल पठाउने तयारी गरिएको छ ।

एक वर्ष पहिले चितवन राष्ट्रिय निकुञ्जको अमलटारी क्षेत्रमा अलपत्र परेको उक्त गैंडाको बच्चालाई उद्दार गरी हुकाईएको हो । पुष्पा नाम गरेकी उक्त गैंडाको बच्चालाई भैंसीको दुध खुवाएर हुर्काइएको हो । अहिले घाँस खान सक्ने भएसँगै जंगलमा लगेर छाडने तयारी गरिएको छ । गैंडाको बच्चालाई लालबहादुर महतराले हुर्काएका हुन् । सानैदेखि रेखदेख गर्दै आएकाले पुष्पालाई छाडनु पर्ने दिन नजिकिंदै गर्दा महतरा भने दुःखी देखिन्छन् । आफ्नो बच्चालाई जस्तै माया दिएर हुर्काएकोले जंगलमा छाडे पनि रेखदेख गर्न पुग्ने महतराले बताए ।

पुष्पाले जन्मेदेखि नै जंगलको अनुभव गर्न पाएकी छैन । भैंसीको दुध खाएर हुर्केकी पुष्पालाई शुरुमै खुला जंगलमा नभइ अर्नाका लागि बनाइएको खुला खोरमा छोड्ने तयारी गरिएको छ ।

तत्कालै जंगल लगेर छाड्दा अन्य जनावरको डर हुने भएकोले पहिला निकुञ्ज भित्रको अर्नाका लागि तयार पारिएको ‘इन्क्लोजर’ (तारबार गरि निश्चित क्षेत्र छुट्टाइएको ठाउँ) मा लगेर राखिने र जंगलकै प्रकृतिमा रमाउन सक्ने भएपछि खुला जंगलमा छाडिने राष्ट्रिय प्राकृतिक संरक्षण कोषका प्रमुख डा. बाबुराम लामिछानेले बताए।

राष्ट्रिय प्राकृतिक संरक्षण कोषले पुष्पासहित हालसम्म २५ वटा टुहुरा गैंडाको बच्चा हुर्काएको छ । पुष्पालाई भेटेरिनरी डाक्टर, वन्यजन्तु प्राविधिक सहितको सहयोगमा हुर्काइएको हो ।

Logo