जीपले ठक्कर दिँदा २ जनाको मृत्यु , एक घाइते

जीपले ठक्कर दिँदा २ जनाको मृत्यु , एक घाइते

केन्द्रबिन्दु
0
Shares

धादिङ

धादिङको गल्छीमा गाडीको ठक्करबाट दुईजनाको ज्यान गएको छ । गल्छी गाउँपालिका – ५ ताल्चोकमा बा २० च ६२२१ नम्बरको बोलेरो जीपले ठक्कर दिँदा स्थानीय ४६ वर्षीय कान्छी तामाङ र गल्छी – ४  की ३५ वर्षीय जमुना भूजेलको ज्यान गएको हो ।

घटनामा गल्छी ५ की ३६ वर्षीय धनकुमारी तामाङ घाइते भएको प्रहरीले जनाएको छ । उहाँको ललितपुरको पाटन अस्पतालमा उपचार भइरहेको छ ।

तीन जना गफ गरेर बसेका बेला पार्किङ गर्ने क्रममा जीपले ठक्कर दिएको धादिङ्गका प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिनुभयो । ठक्कर दिने गाडीका चालक भागेको र उनको खोजी भइरहेको पनि उहाँले बताउनुभयो ।

Skip This
Skip This
Logo