वाइड बडीमा अख्तियारको नजर

वाइड बडीमा अख्तियारको नजर

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

नेपाल वायुसेवा निगमका दुई वाइडबडी प्रकरणमा अख्तियारले विस्तृत अनुसन्धान थालेको छ । वाइडबडी प्रकरणमा मुछिएकाहरूसँग बयान लिन थालिएको अख्तियार प्रमुख नवीनकुमार घिमिरेले बताएका छन् ।

‘वाइड बडीका विषयमा अख्तियारले विस्तृत अनुसन्धान थालेको छ’, राष्ट्रियसभाको दिगो विकास तथा सुशासन समिति बैठकमा उनले भने, ‘बयान लिने कार्य भइरहेको छ । अनुसन्धानका क्रममा रहेकाले यो विषयमा थप बोल्न चाहन्नँ ।’ वाइडबडी खरिदमा संलग्न सबैलाई अनुसन्धानको दायरामा ल्याइएको उनले सुनाए ।

यसबारे संसद्को सार्वजनिक लेखा समितिले उपसमिति गठन गरी छानबिन गरेको थियो । उपसमितिले ४ अर्ब ३५ करोड ५६ लाख रुपैयाँ भ्रष्टाचार भएको निष्कर्ष निकालेको थियो । उपसमितिले संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारी, पूर्वमन्त्रीहरू जितेन्द्रनारायण देव र जीवन बहादुर शाहीलाई पनि दोषी देखाएको थियो । तर उपसमितिको प्रवितेदन अस्वीकार गर्दै सरकारले पूर्वन्यायाधीश गोविन्दप्रसाद पराजुलीको संयोजकत्वमा तीन सदस्यीय उच्चस्तरीय न्यायिक छानबिन समिति गठन गरेको थियो । नियुक्तिपत्र नपाउँदै समितिका पदाधिकारीको म्याद सकिएको छ ।

बैठकमा सांसदले वाइड बडीका सम्बन्धमा अख्तियार मौन रहेको भन्दै चिन्ता प्रकट गरे । सांसद सरिता प्रसाईंले अख्तियार किन मौन बसेको भन्दै प्रश्न गरिन् । प्रमुख आयुक्त घिमिरेले वाइडबडीका सम्बन्धमा अख्तियार मौन नरहेको स्पष्ट पारे । तीन सदस्यीय अनुसन्धान समिति बनाएर काम अघि बढाइएको जानकारी उनले दिए ।
अन्नपूर्णबाट

Skip This
Skip This
Logo