विप्लव महिला नेतृ बन्धु चन्दलाई एनसेल आक्रमणको मुद्दा

विप्लव महिला नेतृ बन्धु चन्दलाई एनसेल आक्रमणको मुद्दा

केन्द्रबिन्दु
0
Shares

धनगढी । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा निकट अखिल नेपाल महिला संघकी केन्द्रीय अध्यक्ष पक्राउ परेकी छन् । शुक्रबार राति ढकारीमा एनसेल टावरमाथि भएको आक्रमणको मुद्दामा अनुसन्धान गर्न भन्दै प्रहरीले अध्यक्ष बन्धु चन्दलाई नियन्त्रण्मा लिएको हो ।

उनलाई अछामबाट नियन्त्रणमा लिईरहेको प्रहरीले जनाएको छ । संगठन विस्तार अभियानका क्रममा प्रहरीले घेरा हालेर अध्यक्ष चन्दलाई नियन्त्रणमा लिएको हो । नुहाईरहेकै अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

नेपाल कम्युनिस्ट पार्टीको सेती ब्यूरोले अध्यक्ष चन्दको गिरफ्तारीको निन्दा गरेको छ । ब्यूरो इन्चार्ज सिकन्दरले आइतबार एक विज्ञप्ति जारी गर्दै पार्टीको संगठन सुदृढ तथा विस्तार अभियानमा चन्दलाई विना कारण गिरफ्तार गरेको भन्दै तुरुन्त रिहा गर्न माग गरेका छन् ।

Logo