एनसेलको सुरक्षा गार्ड पक्राउ

एनसेलको सुरक्षा गार्ड पक्राउ

केन्द्रबिन्दु
0
Shares

प्रहरीले एनसेलको मुख्यालयमा भएको बम विष्फोटमा संलग्न भएको आशंकामा एक जनालाई नियन्त्रणमा लिएको छ । सिसीटिभि फुटेजमा देखिएको गतिविधिका आधारमा उनलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएकाे छ ।

नख्खुस्थित कार्यलय नजिक शुक्रबार राती भएको बम विस्फोटबाट तीन जना घाइते भएका थिए । घाइतेमध्यका एक जना लमजुङका सिंहबहादुर गुरुङको उपचारका क्रममा मृत्यु भएको छ । उनको मेडिसिटी हस्पिटलमा उपचारका क्रमम उनको मृत्यु भएको हो ।

अन्य दुई घाइते प्रतिक्षा खड्का र उषा मानन्धरको उपचार भइरहेको छ ।

हिजै देशभरका बिभिन्न ठाउँमा रहेको एनसेल टावरमा  पनि आगजनी गरिएको छ।  घटनाको अहिलेसम्म कसैले जिम्मेवारी लिएको छैन।

Logo