काठमाडौंमा एकाबिहानै राँगो आतंक, एक जनाको मृत्यु

काठमाडौंमा एकाबिहानै राँगो आतंक, एक जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

राजधानी काठमाडौँमा एकाबिहानै राँगोले हानेर एक जनाको मृत्यु भएको छ।  चन्द्रागिरि नगरपालिकाको मच्छेगाउँका ७० वर्षीय मानबीर महर्जनको मृत्यु भएको हो ।

मर्निङवाकमा निस्किएका महर्जनलाई एक्कासी राँगोले आक्रमण गरेको थियो।  रोगोँको आक्रमणबाट गम्भीर घाइते भएका महर्जनलाई उपचार गर्न कीर्तिपुर अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । आक्रमण गर्ने राँगोलाई प्रहरीले गाेली प्रहार गरि मारेकाे छ । राँगो कसको हो भन्ने खुलेको छैन ।

यस अघि २०७१ मंसिरमा बुद्धनगरस्थित ह्याम्स अस्पतालभित्र छिरेको भैंसीलाई  प्रहरीले गोली हानेर मारेको थियो । त्यस्तै २०७३ असारमा पनि टेकुस्थति वधशालाबाट भागेको एउटा राँगोले एनएसीमा आतंक मच्चाएको थियो।

Logo