वीर अस्पतालको निर्माणाधीन भवनको लिफ्ट चुडिँदएर भएको दुर्घटनामा दुईजना कामदारको मृत्यु भएको छ। घटनामा एकजना गम्भिर घाइते भएका छन् ।
घाइते तीनजना मध्ये दुइजनाको उपचारका क्रममा मृत्यु भएको हो । प्रहरीका अनुसार मृत्यु हुनेमा सप्तरीका नविन चौधरी र भूमीकुमार चौधरी रहेका छन् । घाइते सोभितकुमार चौधरीको भने राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
बिहीवार बेलुका करिब साढे ७ बजे लिफ्ट चुडिएर घटना भएको महानगरीय प्रहरी परिसरले जनाएको छ ।































प्रतिक्रिया