समाजकल्याण परिषदका पदाधिकारी बर्खास्त, अख्तियारले छानविन गर्ने

समाजकल्याण परिषदका पदाधिकारी बर्खास्त, अख्तियारले छानविन गर्ने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । सरकारले समाज कल्याण परिषद्का पदाधिकारीलाई बर्खास्त गरेको छ । बदनियत र कानून विपरीत काम गरेको भन्दै सरकारले समाज कल्याण परिषदका पदाधिकारीलाई बर्खास्त गरेको हो ।

मन्त्रिपरिषद् बैठक सार्वजनिक गर्न आज आयोजित बैठकमा सरकारका प्रवक्ता गोकुल बास्कोटाँले उपाध्यक्ष नीलमणि बराल, कोषाध्यक्ष वीरबहादुर ठगुन्ना, सदस्यहरु कुञ्जकुमार झा, गोकर्ण भट्ट र सदस्यसचिव डिल्लीप्रसाद भट्टलाई पदमुक्त गरेको जानकारी दिए ।

बदनियतपूर्वक र कानून विपरीत काम गरी समाजकल्याण परिषदलाई हानी पुर्‍याएकाले पदमुक्त गर्ने निर्णय गरिएको प्रवक्ता बास्कोटाको भनाई छ ।

त्यस्तै सरकारले समाजकल्याण परिषदमा भएको आर्थिक, प्रशासनिकलगायतका अनियमिताताबारे थप अनुसन्धान गरी कानूनी कारबाही गर्न त्यससम्बन्धी प्रतिवेदनको प्रलिलिपी अख्तियारमा पठाउने निर्णय समेत गरेको छ ।

Skip This
Skip This
Logo