नेकपाको सचिवालय र कार्यदलको संयुक्त बैठक आज बस्दै

नेकपाको सचिवालय र कार्यदलको संयुक्त बैठक आज बस्दै

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एकता टुंगो लगाउने विषयमा आज बिहीबार सचिवालय र कार्यदल संयुक्त बैठक बस्दैछ ।

पार्टी एकताको बाँकी काम ‘कसरी टुंगो लगाउने ’ विषयमा बैठकमा छलफल हुने बताइएको छ । नेकपा वरिष्ठ नेता झलनाथ खनालले एकताको बाँकी काम टुंगो लगाउने विषयमा सचिवालय र कार्यदल संयुक्त बैठक बस्न लागेको जानकारी दिए ।

‘बैठकको मुख्य एजेन्डा नै पार्टी र जनवर्गीय संगठन एकता टुंगो लगाउने विषयमा केन्द्रित हुनेछ,’ खनालले भने, ‘बैठकमा छिटोछरितो पार्टी एकताका बाँकी काम टुंगो लगाउन सहमति खोजिनेछ ।’ बैठकमा सबैको विचार सुनेर ‘कार्यदलको समय थप्ने कि नथप्ने ’ भन्नेबारे निर्णय हुने पनि उनले जनाए । एकताको काम सक्न सबै नेता गम्भीर भएको बताउँदै नेता खनालले बाँकी काम टुंगो लगाउन हरेक कोणबाट छलफल हुने उल्लेख गरे ।

केन्द्रीय सदस्यको जिम्मेवारी बाँडफाँट, पोलिटब्युरो कमिटी गठन, विभाग, जनवर्गीय संगठन एकता, जिल्लादेखि स्थानीय तहसम्मका कमिटी अझै गठन हुन सकेको छैन । बाँकी यी कार्यमा सहमति खोज्नेगरी बैठकमा छलफल हुने नेताहरूले बताएका छन् ।
राजधानीबाट

Logo