आइसीसी महिला टी-२०: नेपालद्वारा मलेसियालाई १२७ रनको चुनौती

आइसीसी महिला टी-२०: नेपालद्वारा मलेसियालाई १२७ रनको चुनौती

केन्द्रबिन्दु
0
Shares

आइसीसी महिला टी–२० विश्वकपको एशिया क्षेत्रीय छनोटमा नेपालले मलेसियालाई १२७ रनको चुनौती दिएको छ । थाइल्याण्डको बैककमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ५ विकेट गुमाउँदै एक सय २६ रन बनाएको हो ।

नेपालले शुरुवातमै बलियो खेल खेलेको थियो।  नेपालले पहिलो विकेटका लागि ४६ रनको साझेदारी गरेको थियो । तर, काजल श्रेष्ठ १६ रनमा आउट भए । त्यसपछि नेपालले ७१ रन बनाउँदा दोस्रो विकेट खेर फाल्यो । नेपालकी इन्दु बर्मा १३ रनमा आउट भइन । त्यसपछि नेपालका लागि आक्रामक पारी खेलिरहेकी सिता रानामगर ४२ रनमा बोल्डआउट हुँदा नेपालको स्कोर ९६ रन थियो ।

त्यसपछि पनि नेपाली खेलाडी नेरी थापा र रुवीना क्षेत्रीले नेपालको पारीलाई अगाडि बढाउन कोसीस गर्दा नेरी मात्र ६ रनमा रनआउट भइन । जसका कारण नेपालले एक सय १५ रनमा चौथो विकेट गुमायो । नेपालका लागि कप्तान रुवीना क्षेत्रीले अविजीत ३३ रनको योगदान गरिन ।

Skip This
Skip This
Logo