काठमाडौं । यतिबेला सामाजिक सञ्जाल फेसबुक एकदमै लोकप्रिय छ । विभिन्न सुचना आदान प्रदान गर्ने सजिलो माध्यमदेखि खबर आदान प्रदान गर्ने हुलाकी समेत फेसबुक नै बनेको छ । सबैभन्दा सजिलो तथा सहजै उपलब्ध हुने सोसल मिडियामा पर्छ फेसबुक ।
अफवाह फैलाउने खालका पोष्टले यसको गरिमा घट्दैं गएको छ । जसले गर्दा वुद्धिजिवी तथा शिक्षित वर्गमा फेसबुक प्राथमिकतामा पर्दैन् । उनीहरु सामाजिक सञ्जालका अन्य माध्यम नै प्रयोग गर्छन् ।
यस्ता अफवाह फैलाउने पोष्ट हटाउन फेसबुकले काम गर्दै आएको छ । त्यसको लागि १ हजार भन्दा बढी कर्मचारी नियुक्त गरिएको छ । तरपनि यस्ताखाले पोष्टको कमि छैन् । यो त भयो हामीले पोष्ट गर्ने अफवाह फैलाउने खालका सामग्रीको कुरा । तर, फेसबुककै गल्तीले जिउँदो मानिसलाई पनि श्रद्धाञ्जली दिन बाध्य बनाउँछ । यस्तो समस्या बेला बेला आईरहन्छ ।

२०१६ मा फेसबुकले आफ्नै मालिक मार्क जुकरवर्गलाई श्रद्धाञ्जली दिएको थियो । उक्त सन्देश जुकरबर्गको फेसबुकमा पनि पोष्ट भएको थियो । गल्तीपूर्वक पोष्ट हुने श्रद्धाञ्जली सन्देशमा एक पत्रको लिंक पनि थियो जसमा अन्य मानिसहरुको प्रोफाईल हालेर मत्यु भएका व्यक्तिलाई अनलाइन श्रद्धाञ्जली दिन सकिन्थ्यो ।
एक नेपाली पत्रकार पनि फेसबुकको लापरवाहीमा परेः
फेसबुकले एक नेपाली पत्रकारलाई पनि श्रद्धाञ्जली दिएको छ । अन्नपूर्ण पोष्टका पत्रकार नरेन्द्र साउँदको फेसबुकले ज्यूँदै मरेको प्रोफाइल बनाइदिएको हो । उनी जिउँदैं हुँदा पनि मरेको भन्दै श्रद्धाञ्जली दिएपछि फेसबुकलाई ‘म ज्यूँदै छु फेसबुक’ भनेर विचार सार्वजनिक गरेका छन् ।
उनको फेसबुकमा लेखिएको त्यो म्यासेज दिवंगत भइसकेका व्यक्तिहरुलाई लेख्ने जस्तै लेखिएको छ । उनको प्रोफाइल फोटोमाथि नै लेखिएको थियो– ‘रिमेम्मरिङ नरेन्द्र साउद ।’ त्यति मात्र होइन, थप लेखिएको थियो– ‘वि होप पिपुल हु लभ नरेन्द्र विल फाइन्ड कम्फर्ट इन भिजिटिङ हिज प्रोफाइल टु रिमेम्बर एन्ड सेलिब्रेट हिज लाइफ ।’ अर्थात, नरेन्द्रलाई माया गर्नेहरूले उहाँको प्रोफाइलबाट सम्झन र शोक व्यक्त गर्न सक्नुहुनेछ ।’
यस्तो म्यासेज देखेपछि जो कोहीलाई रिस मात्र उठ्ने होइन कि पीडावोध पनि उत्तिकै हुन्छ । उनी अहिले फेसबुकको शिकार बनेका हुन् । आफू ज्यूँदै रहेको र फेसबुक खोल्नका लागि फेसबुकले मागेका प्रक्रिया पटक–पटक पूरा गरेपछि बल्लतल्ल खुलेको बताएका छन् ।
किन हुन्छ यस्तो ?
फेसबुकले गल्तीपूर्वक व्यक्तिहरुलाई मृत घोषित गर्ने गरेको छ । विश्वमा झन्डै आधा जनसंख्याले फेसबुक चलाउँछन् । ति मध्ये दैनिक हजारौंको मृत्यु भईरहेको हुन्छ । फेसबुक आफैले जो–जो प्रयोगकर्ता मर्छन, सबैको एकाउन्ट परिवर्तन गर्न भने सक्दैन । तर जो व्यक्ति मर्छ र उसलाई समवेदना भन्दै उसको फोटो सेयर गर्ने तथा फेसबुक मार्फत दुःख व्यक्त भएपछि फेसबुकले त्यस्ता व्यक्तिको एकाउन्टलाई ‘मेमोरियलाईज्ड एकाण्ट’ मा परिवर्तन गरिदिन्छ ।
श्रद्धाञ्जली भनेर आउने पोष्टका आधारमा फेसबुकले ‘मेमोरियलाईज्ड एकाउण्ट’ मा परिवर्तन गर्ने गरेको हो । तर दिउँदैं मानिसप्रति कुनै प्रकारको समवेदना नआउँदा समेत फेसबुकले ‘मेमोरियलाईज्ड एकाउण्ट’ मा परिवर्तन गरिनुलाई फेसबुको गम्भीर लापरवाही मानिन्छ ।
आफ्नै मालिक मार्क जुकर वर्गलाई पनि श्रद्धाञ्जली दिँदा फेसबुकले गल्तीबस यस्तो भएको प्रतिक्रिया दिएको थियो । तर अरुसँग भने जिउँदैं भएको प्रमाण पेश गरेपछि मात्रै फेसबुकले जिउँदो बनाउँछ ।
मेमोरियलाईज्ड एकाउण्टलाई एक्टिभ गराउँन सरकारी कागजात नै माग्ने गरेको छ । फेसबुकको एकाउण्ट एक्टिभ गर्नको लागि ज्यूँदो रहेको प्रमाणित गर्न सरकारी कागजात सहितको सेल्फी फोटो पठाउनुपर्ने हुन्छ । पठाएको सेल्फीलाई भेरिफाई गरेर मात्र फेसबुकले एकाउण्ट एक्टिभ गराउने गर्छ ।





























प्रतिक्रिया