आगलागीबाट दुई घर जलेर नष्ट : एक बालकको मृत्यु

आगलागीबाट दुई घर जलेर नष्ट : एक बालकको मृत्यु

केन्द्रबिन्दु
0
Shares

म्याङलुङ

तेह्रथुमको आठराई गाउँपालिका–३ ह्वाकूमा आइतबार दिउँसो घरमा आगलागी हुँदा एक बालकको जलेर मृत्यु भएको छ । स्थानीयवासी रुद्र खातीको घरमा आगलागी हुँदा खातीको ६ वर्षीय छोरा मौसम खातीको जलेर मृत्यु भएको हो ।

आगलागीबाट खातीको दुईवटा घर जलेर पूर्ण रुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी नारायणप्रसाद गौतमले बताउनुभयो । घटनास्थलमा इलाका प्रहरी कार्यालय सङ्क्रान्ति बजारबाट प्रहरी टोली खटिएको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा दुई जनाको मृत्यु

यता सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिकामा आइतबार नै ट्रक दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।

अग्निसाइर कृष्णसवरण गाउँपालिका–२ स्थित पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना.५ ख १६५१ नं.को ट्रक दुर्घटना हुँदा ट्रकमा सवार बारा निजगढ नगरपालिका–८ का २५ वर्षीय भरत तामाङ र उदयपुरका २१ वर्षीय अशोक लामाको घटनास्थलमै मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।

मैदा लोड भएको ट्रक अनियन्त्रित भई रूखमा ठोक्किन गई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक भावेश रिमालले बताउनुभयो । ट्रक चालक बाराको निजगढ नगरपालिका–८ बस्ने २१ वर्षीय शौरभ लामा घाइते भएका छन् । उनको कञ्चनरुपस्थित धर्मेश्वर अस्पताल ठेलियामा उपचार भइरहेको छ ।
रासस

Logo