जनयुद्ध दिवस पार्टीलाई मान्य हुनै सक्दैन- माधव नेपाल

जनयुद्ध दिवस पार्टीलाई मान्य हुनै सक्दैन- माधव नेपाल

केन्द्रबिन्दु
0
Shares

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधव कुमार नेपालले पार्टीलाई जनयुद्ध दिवस मान्य हुनै नसक्ने बताएका छन्।

जनकपुरधाममा आज कबिर अनाथ बाल वात्यसल्य आश्रममा नेता नेपालले भने,  ‘यो प्रचण्डजीको निजी निर्णय हो, यसबारे पार्टीमा केही पनि छलफल  भएको छैन। पार्टीले निर्णय पनि गरेको छैन, त्यसैले हामी मान्दैनौं।’

उनले पार्टीको परिपाटी अध्यक्षले नै बुझ्न नसक्नु दुःखद रहेको बताए। नेता नेपालले कुनै नेताको एकल निर्णयले मनाइएको जनयुद्ध दिवस पार्टीलाई मान्य हुनै सक्दैन भन्ने दोहोर्‍याए। उनले जनयुद्धको मात्र नभई सबै आन्दोलनका शहीदहरूको सम्मान गर्नुपर्ने धारणा राखे।

तत्कालिन नेकपा माओवादीले फागुन १ गतेलाई जनयुद्ध दिवसको रुपमा मनाउने गर्दथे।  पार्टी एकता भएपछि पहिलो पटक यो दिवस मनाइदैछ।  त्यसकारण यो दिवसप्रति तत्कालिन एमालेला नेताहरु सकारात्मक छैनन् ।

Skip This
Skip This
Logo