विद्यार्थीले ठप्प पारे बीपी राजमार्ग

विद्यार्थीले ठप्प पारे बीपी राजमार्ग

केन्द्रबिन्दु
0
Shares

विद्यार्थीले बीपी राजमार्गअन्तर्गत सिन्धुलीखण्डमा सवारी आवागमन ठप्प पारेका छन्।

बिहान सिन्धुली बहुमुखी क्याम्पस पढ्न जाँदै गरेको समयमा कमलामाई नगरपालिका–४ ढुङ्ग्रेबासमा सुमोले ठक्कर दिँदा सिन्धुली बहुमुखी क्याम्पसमा अध्ययनरत रोजिना कार्की र मनिता थापा घाइते भएका छन्। घाइतेमध्ये रोजिनाको अवस्था गम्भीर रहेकाले उपचारका लागि काठमाडौँ पठाइएको र मनिताको सिन्धुली अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

बुधबार बिहान विद्यार्थीलाई टाटासुमोले ठक्कर दिएर भागेपछि आक्रोशित विद्यार्थीले बीपी राजमार्गको सिन्धुलीखण्ड ठप्प पारेका हुन्। काठमाडौ‌बाट तराई तथा तराईका जिल्लाबाट काठमाडौंका लागि छुटेका सवारी साधन सिन्धुलीमै रोकिएका छन्। सवारीसाधनलाई वैकल्पिक मार्गबाट गन्तव्यतर्फ पठाउने तयारी गरिरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले जानकारी दिए।

Logo