काठमाडौं । आज ‘ऐतिहासिक’ प्रधानमन्त्री रोजगार कार्यक्रम घोषणा गरिदैंछ । सरकारले देश भित्रै विभिन्न अवसरको सिर्जना गर्ने उद्देश्यसहित प्रधानमन्त्री रोजगार कार्यक्रमको घोषणा गर्न लागेको हो ।
पाँच वर्षभित्रमा बाध्यताले वैदेशिक रोजगारीमा जानुपर्ने अवस्था अन्त्य गर्ने घोषणा गरेको सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम ल्याउन लागेको हो ।
प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयनका लागि हरेक स्थानीय तहमा रहने रोजगार सेवा केन्द्रका लागि रोजगार संयोजकको भर्ना प्रक्रिया चलिरहेको छ । फागुन २० गतेसम्ममा रोजगार संयोजक नियुक्त गरिने प्रधानमन्त्री रोजगार कार्यक्रमका प्रमुख श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव प्रकाश दाहालले जानकारी दिए ।
प्रधानमन्त्री रोजगार कार्यक्रमको औपचारिक घोषणाका लागि आज विशेष कार्यक्रमको आयोजना गरिएको छ । दिउँसो १२ बजे हुने कार्यक्रमका बिच प्रधानमन्त्री केपी शर्मा ओलीले यसको घोषणा गर्ने छन् । कार्यक्रम कार्यान्वयनका लागि ऐन नियमहरु तयार भइसकेका छन् ।
सरकारको उद्देश्य बेरोजगार भत्ता दिनु नभएर रोजगारी दिनु भएकाले सकेसम्म सबैलाई रोजगारी दिने गरी अगाडि बढ्ने जनाइएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमले काम खोज्ने र कामदार खोज्नलाई सूचिकृत गराउने छ ।
प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत रहने सबै सूचना केन्द्रमा त्यस स्थानीय तहमा रहेका रोजगारदातालाई कस्ता कामदार आवश्यक छ भन्ने तथ्यांक हुन्छ । त्यही कस्तो कस्तो सिप भएका कामदार छन् भन्ने तथ्यांक पनि रहन्छ । रोजगारदाताले मागे अनुसारका कामदार खटाउने छ ।































प्रतिक्रिया