वर्षमा सयजना कामदार विदेश पठाउन नसक्ने म्यानपावर कम्पनी खारेज हुने भएको छ।
सरकारले केही नेपाल ऐन मार्फत् वैदेशिक रोजगार ऐनमा संसोधन गरेको संसोधन प्रस्तावमा सो व्यवस्था थप गरिएको छ । त्यस्तै समितिबाट पारित भएको विधेयकमा एकाघरका परिवारबाट संचालित म्यानपावरहरु एक वर्षभित्रै मर्ज भइसक्नुपर्ने नभए स्वतः खारेज हुने व्यवस्था गरिएको छ।
त्यस्तै समितिले धरौटी रकम पनि हेरफेर गरेको छ। वर्षमा ३ हजारसम्म कामदार पठाउनेलाई ५० लाख नगद र १ करोड ५० लाख बैंक ग्यारोन्टी, ३ हजारदेखि ५ हजारसम्म पठाउनेलाई १ करोड नगद ५ करोड ग्यारेन्टी र पाँच हजार भन्दा बढी पठाउनेलाई २ करोड नगद र ७ करोड ग्यारेन्टी राख्नुपर्ने व्यवस्था गरिएको छ।
सरकारले वर्षमा ५ हजारभन्दा बढी कामदार विदेश पठाउने म्यानपावरको धरौटी नगद २ करोड र बैंक ग्यारेन्टी ४ करोड पुर्याउने र ५ हजार भन्दा कम कामदार पठाउनेको भने नगद १ करोड र बैंक ग्यारेन्टी २ करोड धरौटी कायम गर्ने प्रस्ताव गरेको थियो।
यस अघि म्यानपावरको धरौटी ७ लाख नगद र २३ लाख बैंक ग्यारेन्टी थियो ।































प्रतिक्रिया