काठमाडौँ
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकीकरण कार्यदलले स्थायी समितिको कार्यादेश अनुसारको कार्यसूचीमा छलफल बाँकी रहेकाले थप समय माग गर्दै प्रतिवेदन बुझाउने भएको छ ।
गृह मन्त्रालयमा शुक्रबार बसेको कार्यदल बैठकले अहिलेसम्मको कार्यप्रगति समेटेर बाँकी कार्यसूचीमा छलफल अघि बढाउन समय माग गर्ने गरी प्रतिवेदन बुझाउने निर्णय गरेको हो ।
गत आइतबार बसेको सचिवालय बैठकले भने कार्यप्रगति समेटेर यथास्थितिमै तत्काल प्रतिवेदन बुझाउन निर्देशन दिएको थियो । बिहीबार कार्यदल संयोजक रामबहादुर थापा बादलले सचिवालयको निर्देशन अनुसार प्रतिवेदन बुझाउन प्रस्ताव गरेका थिए । तर बहुमत सदस्यले असहमति राख्दै समानान्तर प्रतिवेदन बुझाउने चेतावनी दिए ।
उनीहरूले बैठक डाकेर बाँकी विषयमा छलफल नगराइएकै अवस्थामा कार्यदल असफल भएको सन्देश जाने गरी प्रतिवेदन बुझाए समानान्तर प्रतिवेदन बुझाउने चेतावनी दिएका थिए । झन् समस्या निम्तिने भएपछि शुक्रबारको बैठकमा थप समय मागसहितको प्रतिवेदन बुझाउने सहमति भएको हो ।
नयाँ पत्रिकाबाट































प्रतिक्रिया