सर्वोच्चको ऐतिहासिक फैसलाः एनसेलले ८० अर्बभन्दा बढी कर तिर्नुपर्ने

सर्वोच्चको ऐतिहासिक फैसलाः एनसेलले ८० अर्बभन्दा बढी कर तिर्नुपर्ने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । सर्वोच्च अदालतले ऐतिहासिक फैसला गरेको छ । निजी क्षेत्रको अग्रणी दूरसञ्चार कम्पनी एनसेल खरिदबिक्री बापतको पूँजीगत लाभकर एनसेल र खरिदकर्ता मलेसियन कम्पनी एक्जियटाबाटै असुल्न सर्वोच्चले आदेश दिएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा नेतृत्वको बृहत पूर्ण इजलासले एनसेल र यससँग जोडिएका कम्पनीका तर्फबाट दायर रिट खारेज गर्दै एनसेल र एक्जियटाबाटै लाभकर असुल्न परमादेश जारी गरेको हो ।

निकै नै ठूलो र चर्चित करछली प्रकरणको मुद्दामाथि प्रधानन्यायाधीश राणा तथा न्यायाधीशहरू मीरा खड्का, विश्वम्भरप्रसाद श्रेष्ठ, आनन्दमोहन भट्टराई र टंकबहादुर मोक्तान सम्मिलित बृहत पूर्ण इजलासमा सुनुवाई गर्दै यस्तो परमाधेश जारी गरेको हो ।

एनसेल खरिदबिक्री भएको ३ वर्षभन्दा बढी समय भइसकेकाले तिर्नुपर्ने लाभकर र विलम्ब बापतको जरिवानासहित कुल रकम करिब ८० अर्ब नाघ्नेछ ।

मलेसियन कम्पनी एक्जियटालाई एनसेल बिक्री गर्दाको कर नेपाल सरकारलाई नतिरी स्विडिस कम्पनी टेलिया सोनेरा नेपालबाट फिर्ता भएको थियो ।

बिक्रेताले नेपालमा आफ्नो कुनै दायित्व नरहेको भन्दै कर तिरेको छैन भने एक्जियटाले पनि उक्त रकम बिक्रेताकै दायित्व अन्तर्गत पर्ने भएकाले आफूले तिर्ने अडान राख्दैं आएको छ । सर्वोच्चको यो आदेशपछि एनसेलबाट उक्त कर असुल्न सरकारलाई बाटो खुलेको छ ।

Skip This
Skip This
Logo