मेलम्चीको अल्टिमेटम भोलि सकिदै

मेलम्चीको अल्टिमेटम भोलि सकिदै

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

मेलम्ची खानेपानी विकास समितिले निर्माण कम्पनी सीएमसीलाई काममा फर्कन दिएको अन्तिम समय सकिन अब दुई दिन मात्र बाँकी छ ।

अहिलेसम्म निर्माण कम्पनी कुनै सम्पर्कमा नआएको समितिका कार्यकारी निर्देशक सूर्यराज कँडेलले जानकारी दिनुभयो । माघ २२ गतेसम्मको १४ दिने म्यादसहित सम्झौता तोड्ने आसयपत्र सरकारले पठाएको थियो ।

समितिका कार्यकारी निर्देशक कँडेलले भन्नुभयो, “अझै दुई दिन बाँकी छ । अहिलेसम्म कुनै जानकारी आएको छैन । आउने संभावना पनि कम छ । नआए कसरी अघि बढ्ने भन्ने कुराको टुङ्गो लगाउन हामी छलफलमै छौं ।’

निर्माण कम्पनी नफर्किएमा बाँकी काम सम्पन्न गर्न दुईवटा विकल्प समितिले अगाडि सारेको छ । पहिलो विकल्पका रुपमा द्रुत मार्गबाट काम गर्नुपर्ने प्रस्ताव अघि सारिएको छ । सार्वजनिक खरिद ऐन र सार्वजनिक खरिद नियमावलीमा बिशेष परिस्थितिको अवस्थाको कारण जनाई खरिद प्रक्रिया पु¥याएर मौजुदा सप्लायर्स तथा भेण्डरहरूलाई नै प्रयोग गरी छिटो प्रक्रियाबाट काम सम्पन्न गर्न पाउने व्यवस्था छ ।

त्यसका लागि तीनदेखि चार महिनाको अवधि तोकिएको छ । दोस्रो विकल्पका रुपमा नियमित खरिद प्रक्रियालाई लिइएको छ । जसमा सार्वजनिक बोलपत्र आव्हानमै तीनदेखि नौ महिना लाग्ने र काम सम्पन्न गर्न दुईदेखि तीन वर्ष लाग्ने अनुमान गरिएको छ ।
गोरखापत्रबाट

Skip This
Skip This
Logo