बिर्तामोड
खोलाबाट ढुंगा, गिटी तथा बालुवा निकाल्न निर्माण कम्पनीले बन्द गरेपछि मजदुरले अर्जुनधारा नगरपालिका कार्यालय तोडफोड गरेका छन् । खोलाबाट सामग्री संकलनको ठेक्का पाएको एसयुएस कन्स्ट्रक्सनले निकासी ठप्प पारेपछि हजारौं मजदुरको बिचल्ली भएको भन्दै मजदुरले आफ्नो रिस आइतबार नगरपालिकामाथि पोखेका हुन् ।
नगरपालिकाले सम्झौता बमोजिम खोलाजन्य सामग्री संकलनका लागि वातावरण बनाउन नसकेपछि निर्माण कम्पनीले बिहीबारदेखि खोलाजन्य सामग्री ओसार–पसारमा रोक लगाएको छ । जसको असर मजदुरमाथि पर्दासमेत नगरपालिका मौन रहेको भन्दै उनीहरुले आइतबार ढुंगामुढासहित तोडफोड गरेका हुन् । नगरले तोकेको स्थानबाट निकालिएको सामग्री ओसार–पसारमा निर्माण कम्पनीले अहिले रोक लगाएको छ ।
नगरपालिका र निर्माण कम्पनीबीच गत असोज १६ गते बिरिङ, टाङटिङ, नेते र गोयाङ खोलाको दुई लाख ४० हजार ६ सय घनमिटर सामग्री संकलन गरेर बिक्री गर्न पाउने शर्तमा दुई करोड ६१ लाख १० हजार रुपैंयाँमा ठेक्का भएको थियो ।
शर्त बमोजिम उत्खननको वातावरण नगरपालिकाले बनाउन नसकेपछि खोलाजन्य सामग्री ढुवानीमा रोक लगाउने निर्णय गर्नुपरेको एसयुएस कन्ट्रक्सनका सञ्चालक उत्सब ढकालले बताए । स्थानीयबासीको बिरोधका कारण निर्माण कम्पनीले उत्खनन गर्न रोकेको छ ।
अन्नपूर्णबाट































प्रतिक्रिया