काठमाडौँ
आफूसँग भएको सम्झौता अनुसार चिकित्सा शिक्षा विधेयक पारित हुनुपर्ने माग राख्दै १६ औं पटक सम्म अनशन बसेका डा. गोविन्द केसीको आइसियुमा उपचार हुँदैछ । उनले शुक्रबार २४ दिनको अनशन स्थगित गरेका थिए ।
उपचारमा संलग्न त्रिवि शिक्षण अस्पतालका डा. प्रमेश श्रेष्ठले डा. केसीको अवस्था सामान्य हुँदै गएको बताए । उनले भने, ‘भोली उहाँलाई आइसियुमा राख्ने की जनरल वार्डमा राखेर उपचार गर्ने निर्णय गर्दछौं । यसका लागि उहाँको स्वास्थ्य परीक्षणबाट रिपोर्ट आएपछि हामी सल्लाह गरेर निर्णयमा पुग्छौं ।
अनशन स्थगित गरेसँगै उनको उपचार थालिएको थियो । ‘उहाँको मुटुको चाल स्टेवल छ । रगतमा नुनको मात्रा कम छ’, डाक्टर श्रेष्ठले भने, ‘विस्तारै खाना खान थाल्नु भएको छ । केहि समय उहाँलाई अस्पतालमै राखेर उपचार गर्नुपर्छ ।
डा. केसीको माग विपरीत संघीय संसद्ले चिकित्सा शिक्षा विधेयक पास गरीसकेको छ । शुक्रवार पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको उपस्थितिमा उनले अनशन फिर्ता लिएका थिए । सरकारले केसीको मागलाई बेवास्ता गरेकाले स्वास्थ्यलाई ध्यानमा राखेर अनशन फिर्ता लिन विभिन्न व्यक्तित्वहरूले उनलाई आग्रह गरेका थिए । उनिहरुको आग्रहमा केसीले अनशन फिर्ता लिने निर्णय गरेको उनका सहयोगी डाक्टर अभिषेक सिंहले बताए ।
नागरिकबाट





























प्रतिक्रिया