केन्द्रबिन्दु डटकम र  केन्द्रबिन्दुको युट्युब च्यानल  मार्फत निरन्तर पलपलमा अपडेट गर्यौ । "/>

नेविसंघको आक्रमणदेखि एयरलाइन्सहरुको हरिबिजोगसम्म

नेविसंघको आक्रमणदेखि एयरलाइन्सहरुको हरिबिजोगसम्म

केन्द्रबिन्दु
0
Shares

देश विदेशमा आज थुप्रै सकारात्मक तथा नकारात्मक घटना परिघटनाहरु भए । ति घटनाक्रमहरुलाई हामीले केन्द्रबिन्दु डटकम र  केन्द्रबिन्दुको युट्युब च्यानल  मार्फत निरन्तर पलपलमा अपडेट गर्यौ । यसरी अपडेट भएका अनेकौ समाचारहरु मध्ये प्रमुख समाचारहरुलाई यहाँ प्रस्तुत गर्दैछौ । हाइलाइट गरिएको शिर्षकहरुमा क्लिक गरेर बिस्तृत समाचार पढ्न सक्नु हुन्छ ।

वाइडबडी प्रकरण: पर्यटन व्यवसायीहरु कंसाकारको पक्षमा (बिज्ञप्तिसहित)

पर्यटन ब्यबसायीका बिभिन्न संघ संस्थाले वाइडबडी खरिद प्रकरणमा मुछिएका नेपाल वायु सेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारको पक्षमा बिज्ञप्ति निकालेका छन् । भिजिट नेपाल २०२० लाई असफल बनाउन र निगमलाई कमजोर बनाउन षडयन्त्र गरिएको दाबी सहित थप वाइडबडी, न्यारोबडी र सानो किसिमका जहाज खरिद गर्न माग समेत गरेका छन् । विज्ञप्तीमा पर्यटन व्यवसायको प्रबद्र्धनका लागि अपिल गरिएको छ।

नेविसंघको नियन्त्रणमा सरकारी गाडी, एउटा गाडीमा आगजनी

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघले आज काठमाडौँमा २ वटा सरकारी गाडी नियन्त्रणमा लिएको छ । नेबिसंघले काठमाडौंको लाजिम्पाटबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव शिशिर कुमार ढुंगाना चढ्ने बा १ झ ९९९५ नम्बरको गाडी नियन्त्रणमा लिएको हो । नेविसंघ केन्द्रीय सदस्य सुशील भट्टले प्रधानमन्त्री कार्यालयको गाडी नियन्त्रणमा लिएको पुष्टि गरे। उनले गाडीको चावी नियन्त्रणमा लिएको र बेलुकी ट्राफिक प्रहरीलाई बुझाउने बताए।

एयरलाइन्सहरुको हरिबिजोग: केही बन्द, केहीलाई अल्टिमेटम

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले ११ महीनाको अवधिमा रु ५५ करोडभन्दा बढी बक्यौता उठाएको छ । मङ्सिर मसान्तसम्म विभिन्न वायुसेवा प्रदायक कम्पनीबाट करीब ५० करोड र पुस महीनामा पनि झण्डै सात करोड बक्यौता उठेको विमानस्थल कार्यालयले जनाएको छ ।

राहत शिक्षकहरुलाई ३ वर्षभित्र स्थायी गर्न सुझाव, विदेशमा तालिम अनिवार्य

देशभरका राहत शिक्षकलाई ३ वर्षभित्रमा स्थायी गराउन गर्न प्रस्ताव गरिएको छ । उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले राहत र अनुदान कोटाका शिक्षकलाई ३ वर्षभित्रमा स्थायी दरबन्दीमा रुपान्तरण गर्न प्रस्ताव गरेको हो ।

अमेरिकामा तापक्रम माइनस ७० डिग्रीसम्म पुग्ने चेतावनी !

सप्तरीमा प्रहरी र तस्करबीच गोली हानाहान

जन्त जान नदिएको निहुँमा हत्या

अठार वर्षदेखि सिक्रीले बाँधिएर गाईगोरुसँगै गोठको बास

भारतमा मोदीको पार्टीलाई अज्ञात स्रोतबाट प्राप्त भयो ५.५ अर्ब भारु

विश्वकै सुन्दर महिला भएको देशको सूचीमा नेपाल ११ औं स्थानमा

नेपाल वायु सेवा निगमले जापान उडानको अनुमति पायो

प्रेमीसँग आपत्तिजनक अवस्थामा आमा, छोरीले देखेपछि हत्या

तीन सय हप्ता सफा गर्दा पनि वाग्मतीमै ढल

भेनेजुएला सङ्कटः राष्ट्रपति मदुरो विरुद्ध प्रदर्शन

पोर्न भिडियो हेर्ने जागीर, पाईन्छ मासिक २ लाख रुपैयाँ तलब

यसका साथै केन्द्रबिन्दु डटकममा आज राजनीति, सामाजिक, स्वास्थ्य,  शिक्षा, आर्थिक,  प्रबिधि, कला, लाइफस्टाइल, खेलकुद, बिश्व बिबिध, बिचार लगायतका थुप्रै समाचारहरु प्रकाशन भएका छन् । सबै समाचार पढ्न यहाँ  क्लिक गर्न सक्नु हुन्छ। त्यस्तै केन्द्रबिन्दुको युट्युब च्यानल मा पनि बिभिन्न समाचार र मनोरोजनात्मक सामग्रीहरु प्रकाशन भएका छन् ।

Skip This
Skip This
Logo