पूर्वमन्त्री रोकामाथि कुटपिट

पूर्वमन्त्री रोकामाथि कुटपिट

केन्द्रबिन्दु
0
Shares

पूर्वसहायकमन्त्री तथा नेपाली कांग्रेसका नेता केशरमान रोकालगायत अन्य चारजनामाथि रुकुमकोटमा कुटपिट गरिएको छ ।

पूर्वमन्त्री रोकालगायत कांग्रेसका ध्रुव पुन, नेकपाका सतमान पुन र पुनिराज घर्तीमाथि कुटपिट गरिएको हो । रुकुमकोटमा आन्दोलन चलिरहेका बेला बन्दको अवज्ञा गरेको भन्दै कुटपिट गरेको आन्दोलनका सहभागीले बताएका छन् ।

कुटपिटकाक्रममा रोकाको घाँटीमा सामान्य चोट लागेको र स्थानीय मेडिकलमा उपचार गराएपछि उनको अवस्था सामान्य रहेको प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले जानकारी दिए । रुकुमकोटमा आफू सदरमुकामको विषयमा वार्ता गर्न भनी आएको र आउँदा आफूमाथि आक्रमण भएको पूर्वमन्त्री रोकाले बताए ।

रुकुम (पूर्व)को सदरमुकामको विवाद विचाराधीन रहे तापनि जिल्लामा भने विवाद बढ्दै गएको छ । रुकुमकोट सदरमुकामको पक्षमा आन्दोलन गर्दै आएको आन्दोलन थप सशक्त बन्दै गएको छ । यसैबीच, जिल्लाको रुकुमकोटमा शुक्रबारबाट यातायातका साधन र बजार ठप्प पारिएको छ ।

रुकुमकोटमा रहेको जिल्ला सदरमुकाम तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले २०७४ माघ ११ गते पुथाउत्तरगंगा गाउँपालिकाको १२ गोलखाडामा राख्ने निर्णय गरेको थियो । सो निर्णयविरुद्ध रुकुमकोट र रुकुमकोट आसपासका नागरिक आन्दोलनमा छन् ।

देउवा नेतृत्व सरकारको सो निर्णयविरुद्ध २०७४ माघ १७ मा सर्वोच्च अदालतमा रिट दर्ता भएको थियो । उक्त रिटको सुनुवाइ गर्दै सर्वोच्चले तत्काल सदरमुकाम नसार्न अन्तरिम आदेश दिएपछि केही शान्त भएपनि यही माघ १४ गतेबाट पुनः आन्दोलनका कार्यक्रम सुरु गरिएको छ ।

रिट दर्ता भएयता सर्वोच्च अदालतले सरकार र रिट निवेदकलाई पटक–पटक पेसी र साधारण तरिकाले बोलाएपनि अहिलेसम्म कुनै फैसला भएको छैन ।

Skip This
Skip This
Logo