पोखरामा नेविसंघ कार्यकर्ताले सरकारी गाडी जलाए, बन्दको अवज्ञा गरेको दावी

पोखरामा नेविसंघ कार्यकर्ताले सरकारी गाडी जलाए, बन्दको अवज्ञा गरेको दावी

केन्द्रबिन्दु
0
Shares

पोखरा । पोखरामा नेपाल विद्यार्थी संघ (नेविसंघ) कार्यकर्ताहरुले सरकारी गाडीमा आगो लगाएका छन् । पोखरा महानगरपालिका ७ मासबारमा गुडिरहेको एक सरकारी गाडीमा आगजानी गरेका हुन् । आगलागीबाट गाडी पूर्णरूपमा क्षति भएको छ।

पोखरा महानगरपालिका शिक्षा विभागको बा १ झ ५८७९ नम्बरको सरकारी गाडीमा आगो लगाएका हुन्। स्कुटरमा आएका दुई जनाले एक जनाले गाडी रोकेको र अर्को एकले शनिबार पनि सरकारी गाडी चलाउने भन्दै गाडीमा पेट्रोल छर्केर आगो लगाएर भागेको प्रहरीले जनाएको छ ।

आगो लगाउनेको खोजी कार्य भइरहेको कास्कीका प्रहरी प्रमुख एसपी ओम रानाले जानकारी दिए। जिल्ला शिक्षा अधिकारी नारायणप्रसाद सुवेदीले आफूहरुको रोकलाई अवज्ञा गरेकाले गाडीमा आगजनी गर्ने बाध्य भएको नेविसंघ कास्कीका जिल्ला अध्यक्ष परशुराम बस्नेतको भनाई छ ।

गाडीमा रहेका व्यक्तिहरुलाई झारेर विद्यार्थीहरुले आगो लगाएका थिए । दमकलले आगो निभाइएको भए पनि गाडी जलेर पूर्णरुपमा ध्वस्त भएको छ ।

Logo