सप्तरी सशस्त्र प्रहरी र गाँजा तस्करबीच झडप भएको छ ।
हनुमाननगर कंकालिनी नगरपालिमा गस्तीमा रहेको सशस्त्र प्रहरीको टोलीलाई लक्षित गर्दै गाँजा तस्करहरुको समूहले गोली चलाएपछि झडप भएको हो । प्रहरीमाथि दुई राउन्ड गोली चलाएपछि प्रहरीले पनि एक राउन्ड हवाई फायर गरेको सशस्त्र प्रहरी वल सिमा सुरक्षा कार्यालय ६ नं. गणले जनाएको छ ।
सशस्त्र प्रहरीले गाँजा तस्करीमा संलग्न तीन जनालाई पक्राउ गरेको छ । उनीहरुका साथबाट ५० किलो गाँजासमेत बरामद गरिएको छ । पक्राउ पर्नेमा भारतको सुपौल घर भएका ६५ वर्षिय उदय मुखिया, सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १४ का ५६ वर्षिय हिरा मुखिया र ४५ वर्षिय लालवहादुर राय रहेका छन् ।
तस्करीमा संलग्न अन्य केही व्यक्ति फरार रहेको र उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।





























प्रतिक्रिया