अब टिचिङमै कलेजो प्रत्यारोपण हुने

अब टिचिङमै कलेजो प्रत्यारोपण हुने

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

अब महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपण हुने भएको छ । ६ महिनाअघि सुरु हुने भनिएको प्रत्यारोपण सेवा कानुनी र प्राविधिक कठिनाइका कारण ढिलाइ भएको चिकित्सकहरूको भनाइ छ ।

अंग प्रत्यारोपण सेवाका लागि सरकारको अनुमति लिने प्रक्रिया लम्बिएका कारण सेवा सुरु गर्न समय लागेको कलेजो प्रत्यारोपण टोलीका संयोजक डा रमेशसिंह भण्डारीले बताए । ‘गत हप्ता मात्र स्वास्थ्य सेवा विभाग अंग प्रत्यारोपण समितिले अनुमतिपत्र दियो,’ उनले भने, ‘अब हाम्रो तयारी पूरा भयो ।’

चिकित्सकका अनुसार विभिन्न रोगका कारण कलेजोको धेरै भाग बिग्रेको अवस्थामा कलेजो प्रत्यारोपण गरिन्छ । यसका लागि कुनै स्वस्थ व्यक्तिले आफ्नो कलेजोको भाग दान गर्न मिल्छ । कुनै पनि व्यक्तिको कलेजो आपसमा मिले मात्र प्रत्यारोपण गर्न सकिन्छ । तर बिरामीमा कलेजोको बाहेक अन्य गम्भीर रोग लागेको अवस्थामा भने प्रत्यारोपण गर्न मिल्दैन । टिचिङ अस्पतालका अनुसार प्रतिमहिना औसत चार जना कलेजो प्रत्यारोपण गर्नुपर्ने अवस्थाका बिरामी उपचारका लागि आउने गरेका छन् ।
नागरिकबाट

Logo