काठमाडौँ
महानगरीय प्रहरी वृत्त महाराजगञ्जले सार्वजनिक सवारी साधनमा पाकेटमारी गर्ने पाँच जना भारतीय महिलालाई पक्राउ गरेको छ ।
वृत्तको टोलीले बसुन्धराबाट नारायणगोपाल चोक जाँदै गरेको कान्तिपुर बसमा पाकेटमारी गर्ने भारत गोरखपुरका प्रिति चमार, नितु चमार, पुजा चमार, पिङ्की चमार र सोनी चमारलाई विहिबार दिउँसो पक्राउ गरेको हो । वृत्तका प्रमुख एवं प्रहरी नायव उपरीक्षक फणिन्द्र प्रसाईंले सुस्मिता कुँवरको ५२ हजार पाकेटरमारी गरेर बसबाट ओर्लर्न लाग्दा पक्राउ गरीएको बताउनुभयो ।
“ सार्वजनिक सवारीमा धकेलाधकेल गरी पैसा चोरेको अनुसन्धानमा खुलेको छ ”,उहाँले भन्नुभयो । पक्राउ परेकालाई चोरी तथा डाँका सम्बन्धी कसुर मुद्दामा मुद्दा दर्ता गरी कारवाही अघि बढाइने वृत्तले जनाएको छ ।
अवैध अमेरिकी डलरसहित इजरायली नागरिक पक्राउ
यता प्रहरीले अवैध रुपमा लैजान लागेको १९ हजार ७०० अमेरिकी डलरसहित इजरायली नागरिकलाई पक्राउ गरेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फ प्रस्थान गर्ने स्थानबाट इजरायली नागरिक तासी छकी बेन मोहा बेनलाई उक्त परिमाणको अवैध डलरसहित पक्राउ गरिएको हो ।
काठमाडौँबाट थाइल्याण्ड जान लागेका उनलाई जाँच गर्दा अवैध रुपमा डलर लैजान लागेको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका इजरायली नागरिकलाई आवश्यक कारबाहीका लागि राजश्व विभाग हरिहरभवन ललितपुर पठाइएको छ ।
रासस































प्रतिक्रिया