काठमाडौं । लम्जुङका शिक्षक शम्शेरबहादुर थापा अन्तर्राष्ट्रियस्तरको ‘ग्लोबल टिचिङ प्राइज’ का लागि छनौट भएका छन् । विश्वका १७९ मुलुकबाट छानिएका उत्कृष्ठ ५० मा उनको नाम पनि परेको हो ।
अनलाइन माध्यमबाट उक्त पुरस्कारको दाबी गर्दै १ सय ७९ मुलुकका झण्डै ३० हजार प्रत्यासीले फाराम भरेका थिए । ती मध्येबाट ३८ देशका ५० जना छनोट भएका छन् ।
बेलायती संस्था भार्की फाउन्डेसनले वार्षिक रुपमा दिने यो पुरस्कारको राशि एक मिलियन अमेरिकी डलर अर्थात १० करोड १२ लाख रुपैयाँ भन्दा बढी छ । त्यसको टप टेन नतिजा आउँदो फेबु्रअरीमा हुनेछ । अन्तिम विजेता भने मार्चमा घोषणा गरिनेछ ।
लमजुङका शिक्षक थापा १० करोड पुरस्कार रहेको ‘ग्लोबल टिचिङ प्राइज’ मा छानिए
यसअघि उनले ‘टिचिङ एक्सिलेन्ट अवार्ड–२०१८’ प्राप्त गरेका थिए । बेसीशहर–३ गाउँशहरका बासिन्दा थापा लामो समयदेखि अध्यापन क्षेत्रमा सक्रिय छन् ।
उनले ५ वर्ष डायमण्ड हिल एकेडेमीको प्रिन्सिपल भएर काम गरेका थिए । पछि थापाले २०७२ सालदेखि आफ्नै गाउँमा हेभेन हिल एकेडेमी र चण्डिस्थानमा न्यू भिजन एकेडेमीको खोले ।
अंग्रेजी माध्यमबाट पढाइ हुने उक्त विद्यालयहरुमा नि:शुल्क पढाई हुन्छ । त्यहाँ कुनै पनि शुल्क लाग्दैन् । ति दुई विद्यालयमा गरीब परिवारका विद्यार्थीहरु मात्र अध्ययन गर्न पाउँछन् । हेभेन हिल एकेडेमीमा कक्षा–४ सम्म र न्यू भिजन एकेडेमीमा पूर्वप्राथमिक शिक्षाको पढाइ हुँदै आएको छ ।
विद्यालयमा पूर्ण बालमैत्री वातावरणमा अध्यापन गर्ने गरिएको छ । विद्यालयको पोशाक नेपालीपन झल्कने गरी तयार गरिएको छ । बिहान प्रार्थना हुनुअघि विद्यार्थीलाई नाच्न लगाइन्छ र घोड चढी गरिन्छ । नेपालमै पहिलो पटक यस्तो प्रकारको अभ्यास गरिएको थापाको दाबी छ ।
आखिर उनले कसरी यहाँसम्म पुगे ? विश्वकै उत्कृष्ट ५० शिक्षकमा कसरी पर्न सफल भए ? उनले शिक्षा क्षेत्रमा के नयाँ गरिरहेका छन् ? जस्ता शिक्षा सम्बन्धी धेरै कुराका बारेमा शिक्षक थापासँग हामीले कुराकानी गरेको छौं । हेर्नुहोस तलको भिडियोमाः































प्रतिक्रिया