अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले काठमाडौं जिल्ला अदालतमा कार्यरत नायव सुब्बालाई घुस रकमसहित पक्राउ गरेको छ। अख्तियारको टोलीले ५ लाख रुपैया घुससहित नासु भोलानाथ चालिसेलाई पक्राउ गरेको हो।
चालिसेले सवारी ज्यान मुद्दा सहज गराइदिने भन्दै सेवाग्राहीसँग घुस रकम लिएको अख्तियारले जनाएको छ । उनलाई वन परिसर बबरमहल काठमाडौंबाट नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको अख्तियार प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए ।





























प्रतिक्रिया