संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले ‘चारतारे’ र ‘लालतारे’ बनेर आउनेले नेपाल टेलिभिजनलाई गडबडी गर्ने गरेको बताएका छन्। नेपाल टेलिभिजनको ३४ औं वार्षिकोत्सव तथा एचडी प्रशारणको शुभारम्भ कार्यक्रममा बोल्दै संचारमन्त्री बास्कोटाले नेपाल टेलिभिजन सरकारी नभई जनता र राष्ट्रको टेलिभिजन भएको बताए।
नेपाल टेलिभिजनमा एचडी प्रशारण गर्न आफूले ठूलै मेहनत गर्नु परेको बताउदै उनले टेलिभिजनलाई छिट्टै सार्वजनिक प्रशारण संस्थाको रुपमा विकास गर्ने घोषणा पनि गरे । मन्त्री बास्कोटाले अन्य संचार माध्यामसँग प्रतिस्पर्धा गरेर नेपाल टेलिभिजनलाई अघि बढाउन पनि त्यहाँका कर्मचारीहरुलाई सचेत गराए ।
मन्त्री बास्कोटाले नेपाल टेलिभिजनमाथि सरकारले हस्तक्षेप नगर्ने पनि बताए ।































प्रतिक्रिया