काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले दुई जिल्ला न्यायाधीशलाई निलम्बन गरेका छन् । त्यस्तै दुई जिल्ला न्यायाधीशलाई एक हप्ते स्पष्टीकरण सोधिएको छ ।
न्याय सम्पादनमा बदनियत देखिएपछि न्यायपरिषदमा तानिएका ललितपुर जिल्ला न्यायाधीश विश्वमंगल आत्रेय र तनहुँ जिल्ला न्यायाधीश ओमकार उपाध्याय निलम्बनमा परेका हुन् ।
न्यायपालिका शुद्धीकरणका लागि आक्रामक अभियान थालेका प्रधानन्यायाधीश जबराले अन्य दुई जिल्ला न्यायाधीशलाई एक हप्ते स्पष्टीकरण सोधेका हुन् ।
न्यायाधीश आत्रेयले मलेसिया रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्दा अवैध असुली गरेको भन्दै सरकारले कारवाही गरेका संस्थालाई सफाइ दिएपछि उनी विरुद्ध न्यायपरिषदमा समेत उजुरी परेको थियो ।
न्यायपरिषद सचिवालयले जिल्ला न्यायाधीशहरुमध्ये पहिलो बरियतामा रहेका सर्लाहीका राजेश काफ्ले र भक्तपुरका मोहम्मद जुनैद आजादलाई स्पष्टिकरण सोधेको हो ।
न्याय सम्पादनका क्रममा बद्नियत गरेको र न्यायिक बिचलन देखिएको भन्दै दुई जिल्ला न्यायाधीशलाई कारवाही किन नगर्ने भनेर एक साताभित्र लिखत स्पष्टीकरण मागेको हो ।
यसअघि न्यायपरिषदले ३८ किलो सुनकाण्डका अभियुक्तहरुलाई न्युन धरौटीमा छाड्ने उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश कुलरत्न भुर्तेलसहित ५ जना न्यायाधीशलाई कारवाहीस्वरुप परिषदमा तानेको थियो । उनीहरुमाथि पनि छानविन भइरहेको र दोषी देखिए निलम्बन गर्ने प्रधानन्यायाधीशको छ ।





























प्रतिक्रिया