काठमाडौँ
नागरिक उड्डयन तथा पर्यटन मन्त्री रवीन्द्र अधिकारीले वाइड बडी जहाज खरिद प्रकरणमा भएको भ्रष्टाचारमा आफ्नो कुनै संलग्नता नरहेको प्रस्ट्याएका छन् ।
पर्यटनमन्त्री अधिकारीले आफू मन्त्री भएको बेला वाइड बडी जहाज खरिदको किस्ता रोक्ने अवस्था नरहेको बताए । उनले भने, ‘मैले त्यसबेला यो रोकेको भए उल्टै कमिसनको चक्करमा जहाज ल्याउन दिएन भन्थे ।’ उनले अझ स्पष्ट पार्दै भने, ‘मैले आफूले वाइड बडीको बाँकी किस्ता पठाएको हैन, यो त प्रक्रियागत गरिकाले गएको हो, मेरो ठाउँमा जो भएको भए पनि हुने यही नै थियो ।’
आफू मन्त्री भएका बेला जहाज नै थिएन, यो हल्ला मात्र गरिएको भ्रम बरु आफूले चिरेको उनको भनाइ थियो । वाइड बडीमा भएको भ्रष्टाचारमा अदालत, छानबिन गर्न बनेका समिति, अख्तियारले यसलाई गहिरो ढंगले छानबिन गर्नुपर्ने पनि उनले बताएका छन् ।
साथै उनले आफू मन्त्री हुनु र यो सरकार गठन हुनु अगावै देखि यसको छानबिन हुनुपर्ने जिकिर गरेका छन् । उनले थपे, ‘छानबिनको केसमा यो समितिले सक्दैन भने अर्को समिति बनाएर भए पनि छानबिन गर्नुपर्छ ।’
नागरिकबाट































प्रतिक्रिया