प्रदेश ३ को ६ महिनाको प्रगति ६ प्रतिशत मात्रै

प्रदेश ३ को ६ महिनाको प्रगति ६ प्रतिशत मात्रै

केन्द्रबिन्दु
0
Shares

हेटौंडा

वित्तीय संघीयता कार्यान्वयनको पहिलो वर्षको अभ्यास कष्टपूर्ण देखिएको छ । खासगरी प्रदेश पुँजीगत बजेट खर्च आर्थिक वर्षको मध्यावधिसम्म आइपुग्दा पनि निराशाजनक देखिएकोले वित्तीय संघीयताको अभ्यास कष्टकर देखिएको हो ।

प्रदेश नम्बर ३ को बजेट कार्यान्वयन निकै सुस्त छ । प्रदेश सरकारले मंगलबार हेटौंडामा चालु आवको नीति तथा कार्यक्रम र बजेटको अर्धवार्षिक समीक्षा कार्यक्रममा प्रस्तुत प्रगति विवरण निकै निराशाजनक छ । यसले वित्तीय संघीयताको पहिलो अभ्यास कष्टपूर्ण रहेको देखाउँछ । प्रदेशको कुल खर्च आवको ६ महिना बितिसक्दा ६.८१ प्रतिशत मात्र छ । जसमा पुँजीगत खर्च अझै कमजोर छ । ३.९८ प्रतिशत पूँजीगत खर्च भएको छ ।

३६ अर्ब ३५ करोड रुपैयाँको बजेट ल्याएको प्रदेश सरकारले पुस मसान्तसम्ममा २ अर्ब ७ करोड ९० लाख रुपैयाँ मात्र खर्च गर्न सकेको प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयका लेखा अधिकृत बसन्त गुरागाईले बताए ।

चालुतर्फ १ अर्ब ७५ करोड ८२ लाख खर्च भएकोमा पूँजीगततर्फ भने ३२ करोड ८ लाख रुपैयाँ मात्र खर्च हुन सकेको प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ ।
कारोबारबाट

Logo