अँध्यारो भए आफैं बल्ने र उज्यालोमा निभ्ने : महानगरको सडकमा सेन्सर जडित सडकबत्ती

अँध्यारो भए आफैं बल्ने र उज्यालोमा निभ्ने : महानगरको सडकमा सेन्सर जडित सडकबत्ती

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

काठमाडौं महानगरपालिकाले सेन्सर जडित स्वचालित सडकबत्ती जडान शुरू गरेको छ । मेयर उज्यालो कार्यक्रम अन्तर्गत हालसम्म ३२ वडाका मुख्य सडकमा २ हजार ८ सय बत्ती जडान भएका छन् ।

अँध्यारो हुन थालेपछि आफैं बल्ने र उज्यालो हुनासाथ निभ्ने गरी सेन्सर जडित बत्ती जडान गरेको कामपाले जनाएको छ । ती बत्तीको होल्डरमा सेन्सर जडान गरिएको छ । कामपाले ५०, ३० र २४ वाटको बत्ती जडान गरेको जनाएको छ । कामपाका प्रवक्ता ईश्वरमान डंगोलले शहरभरि करिब १० हजार बत्तीको माग भए पनि हालसम्म २ हजार ८ सय स्वचालित सडकबत्ती जडान गरिएको जानकारी दिनुभयो ।

‘हालसम्म शहरी पूर्वाधार विकास विभागले १ हजार १ सय ३ र विभिन्न वडाले १ हजार ६ सय ४७ गरी २ हजार ८ सय बत्ती जडान गरिएको छ । अब माग अनुसार सबै वडाका बिजुलीको पोलमा थप बत्ती जडान गर्ने कार्यक्रम राखेका छौं ।’ –प्रवक्ता डंगोलले भन्नुभयो । कामपाले ती सडक बत्तीको रकम हालसम्म कसले तिर्ने भन्ने विषयमा निर्णय गरेको छैन ।

प्रवक्ता डंगोलले हाम्रो स्वामित्वमा रहेको जग्गामा बिजुलीको पोल गाडेपछि जग्गा प्रयोग गरेबापत प्राधिकरणले रकम दिनुपर्ने बताउनुभयो ।
नेपाल समाचारपत्रबाट

Skip This
Skip This
Logo