डा केसीद्वारा आइसियुमा भर्ना हुन अस्वीकार

डा केसीद्वारा आइसियुमा भर्ना हुन अस्वीकार

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

२१ दिनदेखि अनशनरत डा गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएको छ । रगतमा ग्लुकोज र पोटासियमको मात्रा घट्दै गएको छ ।

डा. केसीको अवस्था जटिल हुँदै गएपछि इन्टेन्सिभ केयर युनिट (आइसियु ) सार्नु पर्ने चिकित्सकले सुझाव दिएका छन् । तर आइसियुमा भर्ना हुन नमानेको शिक्षण अस्पतालका आइसियु विशेषज्ञ डा. प्रमेश श्रेष्ठले जानकारी दिए ।

दुई पटक मुटुको एन्जियोग्राम गरेका डा. केसीलाई छाति दुख्ने समस्या बढ्दै गएको चिकित्सकले बताएका छन् । ६३ वर्षीय डा. केसीको यो सोह्रौं अनशन हो ।

उनी आँखा चिम्लेर पल्टिरहन्छन् । कोही भेट्न आउँदा पुलुक्क हेर्छन् । गल्दै गएपछि फेरि आँखा बन्द गर्छन् । आगन्तुक हेरेरै फर्किन्छन् । अनशनरत डा. केसीको मुटुमा समस्या बढ्दै गएको छ । उनको शरीर कमजोर बन्दै गएको छ । बोलीसमेत निस्किँदैन । मुस्किलले साउती गर्छन् । परेला पाट्टिएका छन् । तर केसीले औषधी खानसमेत मानेका छैनन् ।

नजिक आउने चिकित्सकलाई उनी इसारा गर्छन् । उनको इसारा र मनस्थिति बुझेर काम गर्नुपर्ने अवस्था छ । सुत्न अप्ठेरो भएको छ । मुटुको धड्कनमा उतारचढाव आइरहेको छ ।
अन्नपूर्णबाट

Skip This
Skip This
Logo