काठमाडौं
न्याय सेवा आयोगले न्याय सेवा, कानुन र सरकारी वकिल समूहमा एक सय भन्दा बढीको सरुवा निर्णय गरेको छ । आयोगका अध्यक्ष चोलेन्द्रसमशेर राणासहित सोमबार बसेको पदाधिकारी बैठकले तीनै समूहमा व्यापक सरुवाको निर्णय गरेको हो ।
सरुवा हुनेमा उपसचिव, उपन्यायाधिवक्ता, उपरजिष्ट्रार र अधिकृत छन् । सरुवा हुनेमा सरकारी वकिल मात्र ९० जना छन् । यता न्याय समूहमा १८ जना अधिकृतलाई उपसचिवमा सरुवाको निर्णय गरिएको छ । आयोगले यी सेवामा बढुवा र पदस्थापनको निर्णयसमेत गरेको छ ।
अन्नपूर्णबाट





























प्रतिक्रिया