पूर्वयुवराज पारसलाई हृदयाघात

पूर्वयुवराज पारसलाई हृदयाघात

केन्द्रबिन्दु
0
Shares

पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको छ । अचानक छाती दुख्ने समस्या देखिएपछि उनलाई नर्भिक अस्पतालमा भर्ना गरिएको हो।

नर्भिकको आकस्मिक कक्षमा भर्ना भएका उनलाई माइनर हृदयाघात भएको बताईएको छ । डा. यादवदेव भट्टको नेतृत्वमा रहेको टोलीले उनको जाँच गरेको अस्पतालस्रोतले जनाएको छ । दिउँसो एक्कासि छाती दुखेपछि उनी अस्पताल पुगेका थिए ।

उनले आजै बिहान ललितपुरको मंगलबजारस्थित कोपितेश्वर महादेव र हिरण्यवर्ण मन्दिरमा पूजाअर्चना गरेका थिए । पारस यसअघि पनि दुईपटक हृदयाघात भएको थियो ।

Skip This
Skip This
Logo