प्रचण्डको वक्तव्यपछि अमेरिकाले माग्यो सरकारको धारणा

प्रचण्डको वक्तव्यपछि अमेरिकाले माग्यो सरकारको धारणा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जारी गरेको प्रेश वक्तव्यपछि अमेरिकाले नेपालको सरकरको आधिकारीक धारणा माग गरेको छ । भेनेजुयलाका राष्ट्रपति निकोलस मडुरोको समर्थन र अमेरिकालगायत पक्षधर राष्ट्रको विरोध गर्दै प्रचण्डले वक्तव्य जारी गरेपछि अमेरिकाले सरकारको आधिकारिक धारणा मागेको हो ।

सत्तारूढ दलका अध्यक्षले जारी गरेको विज्ञप्तिलाई ‘नोटिस’ मा लिएको भन्दै अमेरिकी दूतावासले परराष्ट्र मन्त्रालयसँग यसबारे सरकारको धारणा प्रस्ट पार्न माग गरेको हो । सरकारको धारणा के हो भन्ने जान्नका लागि अमेरिकी राजदूतावासले एक पत्र नेपाल सरकारलाई पठाएको छ ।

प्रचण्डले गत शुक्रबार भेनेजुयलामा बढिरहेको राजनीतिक संकटबारे विज्ञप्ति जारी गर्दै अमेरिका र उसका पक्षधर राष्ट्रका कदमको विरोध गरेका थिए। भेनेजुयलाका जनता, सार्वभौमसत्तामाथि हस्तक्षेप भन्दै यसलाई ‘साम्राज्यवादी कु’ गर्ने प्रयासका रूपमा टिप्पणी गरेका थिए।

प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार स्विट्जरल्यान्डबाट फर्कंदा विमानस्थलमा सञ्चारकर्मीको जिज्ञासामा यो विषयमा आफूले बुझेर मात्र प्रतिक्रिया दिने बताएका थिए।

अमेरिका नेपालको ठूलो दाता मुलुक हो। अमेरिकाकै पक्षधर मानिने अन्य युरोपेली मुलुक पनि ठूला सहयोगदाता हुन् । दिगो विकास लक्ष्य हासिल गर्ने उद्देश्यमा आधारित अमेरिकाको मात्र ५५ अर्ब रुपैयाँ बराबरको परियोजना चलिरहेको छ ।

भेनेजुयलामा अमेरिकी हस्तक्षेप बढेको भन्दै प्रचण्डले निकाले यस्तो विज्ञप्ती

 

Skip This
Skip This
Logo