डा. गोविन्द केसीको पक्षमा चिकित्सकहरुले आज (सोमबार) देखि रिले अनशन सुरु गरेका छन् । नेपाल चिकित्सक संघको अगुवाइमा रिले अनशन सुरु भएको हो ।
टिचिङ अस्पतालमा बिहान १० बजेदेखि अनशन सुरु भएको छ । संघका अध्यक्ष मुक्तिराम श्रेष्ठले सरकारलाई ७२ घण्टे अल्टिमेटम दिएको तर नसुनेकाले देशभरका चिकित्सकहरु रिले अनशन सुरु गरेको जानकारी दिए ।
चिकित्सकहरु रिले अनशन सुरु गर्ने भएपछि उपचार सेवा प्रभावित हुने भएको छ ।





























प्रतिक्रिया