मेयरका स्वकीय सचिवद्धारा पत्रकार योगीमाथि दुव्यर्वहार, मागे माफी

मेयरका स्वकीय सचिवद्धारा पत्रकार योगीमाथि दुव्यर्वहार, मागे माफी

केन्द्रबिन्दु
0
Shares

कञ्चनपुर । कञ्चनपुर स्थानीय पत्रकार होम योगीमाथी दुव्र्यवहार गरिएको छ । शुक्लाफाँटा नगरका मेयर दिल बहादुर ऐरका छोरा समेत रहेका स्वकीय सचिव पदम ऐरले उनीमाथी दुव्र्यवहार गरेका हुन् ।

ऐरले पत्रकार योगीमाथी फोटो किन खिचेको भन्दै कार्यालयमै दुव्र्यवहार गरेका थिए । विभिन्न विषयमा आईतबार समाचार संकलन गर्न शुक्लाफाँटा नगरपालिकाको कार्यालय पुगेका पत्रकार योगीमाथि दुव्र्यवहार गर्नुका साथै फोटो खिच्ने मोबाईल समेत नियन्त्रणमा लिएका थिए । ‘कार्यालयमा कोही थिएनन, म फोटो खिच्दै थिए, ‘पत्रकार योगीले भने, ‘किन फोटो खिचेको भन्दै ऐरले धम्कामुक्का गरेर फोटो खिच्न दिएनन् ।’

कार्यालयमा कोही नभएपछि आफुसँग अनुमति लिएर मात्रै फोटो खिच्न पाईने भन्दै ऐरले पत्रकार योगीलाई धम्की दिएका हुन् । स्थानीय सरकारले पत्रकारलाई सहज रुपमा सुचना प्रवाह गर्नुको साटो उल्टै धम्क्याउने काम गरेको घटनाको चौतर्फी विरोध
भएको छ ।

पत्रकार महासंघ कञ्चनपुरले पनि पत्रकार योगीमाथी स्थानीय सरकारबाट भएको घटनाको ध्यानाकर्षण भएको जनाएको छ । पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष विष्णू अवस्थीले स्थानीय सरकारका काम कारवाहीको विषयमा रिर्पोटिङ गर्ने क्रममा स्थानीय शुक्लाफाँटा नगरका प्रमुख एव उनकै छोराले प्रेस जगतमाथी गरेको दुव्र्यवहार निन्दनीय भएको टिप्पणी गरे । अध्यक्ष अवस्थीले अब उपरान्त यस्ता घटना नदोहोर्‍याउन समेत सम्बन्धित पक्षसँग आग्रह गरेका छन् ।

ऐरले आफुबाट कमजोरी भएको स्वीकार गरेका छन् । उनले आफुले योगीलाई पत्रकार भए÷नभएको नचिनेको बताउँदैं आफ्नो उदेश्य गलत नभएको दाबी गरे । ‘उनी पहिले मेरै मिल्ने साथी हुन, ‘पदम ऐरले भने, ‘मैले उनलाई पत्रकार हुन भनेर चिनेन ।’

केन्द्रविन्दुसँगको कुराकानीमा आफुबाट गल्ती भएको प्रतिक्रिया दिए । ‘मैले उहाँ संगैको साथी भएका कारण पत्रकार भएको आफुले जानकारी पाईन् । मैले उहाँसँग माफी पनि मागिसके’  उनले भने ।

Skip This
Skip This
Logo